Pura Samachar

‘एमसीसी’लाई उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्री देउवाद्वारा जानकारी

प्रकाशित: July 28, 2021

‘एमसीसी’लाई उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्री देउवाद्वारा  जानकारी

साउन १३, २०७८
काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी विकास सहयोग मिलियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)लाई आफ्नो सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी अमेरिकालाई दिएका छन्।भारत भ्रमणमा निस्कुनअघि अमेरिकी विदेशमन्त्री एन्टोनी जे. ब्लिन्केनले प्रधानमन्त्री देउवालाई टेलिफोन गरेका थिए।सोही टेलिफोन कुरानकानीका क्रममा प्रधानमन्त्री देउवाले ब्लिन्कनलाई उक्त जानकारी दिएका हुन्।नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेसका केही सांसदलहरुले विरोध गर्दा एमसीसी अनुमोदनको लागि संसदमा पेस हुन सकेको छैन।

प्रतिक्रिया