Pura Samachar

राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालय को उद्घाटन

प्रकाशित: July 28, 2021

राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालय को उद्घाटन

साउन १३, २०७८
सिन्धुली। सिन्धुलीको सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संग्रहालयको उद्घाटन गरेकी हुन्। संग्रहालय करिब सात करोड लगानीमा नेपाली सेनाले निर्माण गरेको हो। संग्राहलयमा सिन्धुलीगढी युद्धका घटनाक्रम, सैनिकका आँखामा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र लगायत राखिएका छन्। २०७३ कात्तिक २४ गते तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलले संग्रहालयको शिलान्यास गरेका थिए।

प्रतिक्रिया