Pura Samachar

पदाधिकारी बैठक भोलिसम्मका लागि स्थगित

प्रकाशित: July 28, 2021

पदाधिकारी बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं, साउन १३
नेपाली कांग्रेसको पदाधिकारी बैठक भोलिसम्मका लागि स्थगित भएको छ।

आज बूढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठक चार घन्टासम्म चलेको थियो।

प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार दिउँसो २ बजे फेरि पदाधिकारी बैठक बस्ने जानकारी दिए। क्रियाशील सदस्यतामा देखिएका विवाद हल गर्न थप समय लिइएको छ।

कांग्रेसले साउन १२ का लागि वडा अधिवेशन तोके पनि स्थगित छ। शर्माका अनुसार महाधिवेशन केन्द्रित बैठक बिहीबार पनि बस्नेछ।

प्रतिक्रिया