Pura Samachar

एसइईको नतिजा साउन २५ गतेभित्रै सार्वजनिक हुने

प्रकाशित: July 28, 2021

एसइईको नतिजा साउन २५ गतेभित्रै सार्वजनिक हुने

साउन १३, २०७८

रासस। माध्यमिक शिक्षा परीक्षा (एसइई)को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्रै सार्वजनिक हुने भएको छ। सो समयभित्रै २०७७को नतिजा सार्वजनिक गर्नेगरी तीव्ररूपमा काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा नियन्त्रक रुद्र अधिकारीका अनुसार सबै जिल्लाबाट विद्यार्थीको मूल्याङ्कन नतिजा आएर इन्ट्री सकेर नम्बर रुजु गर्ने काम भइरहेको छ। प्राविधिक कठिनाई नआए आगामी शुक्रबारभित्रै विद्यार्थीको नतिजा रुजु गरिसक्ने उनले बताए।

प्रतिक्रिया