Pura Samachar

अर्जेन्टिना समूह चरणबाटै बाहिरियो

प्रकाशित: July 28, 2021

अर्जेन्टिना समूह चरणबाटै बाहिरियो

साउन १३, २०७८

एजेन्सी। कोपा अमेरिका विजेता अर्जेन्टिना पुरुष फुटबलको समूह चरणबाटै बाहिरिएको छ। अर्जेन्टिनाले आज समूह चरणको अन्तिम खेलमा स्पेनसँग १–१ को बराबरी खेलेपछि ओलम्पिक यात्रा समाप्त भएको हो। अर्जेन्टिना र इजिप्टको समान चार अंक भएपनि गोलअन्तरमा अर्जेन्टिना बाहिरिएको हो। समूह ‘सी’बाट स्पेनले विजेता र इजिप्टले उपविजेता बन्दै अन्तिम आठमा स्थान बनाए। इजिप्टले आज अष्ट्रेलियालाई २–० ले हराएको थियो।

प्रतिक्रिया