Pura Samachar

जसपाको बैठक आज

प्रकाशित: July 29, 2021

जसपाको बैठक आज

२०७८ साउन १४ गते

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)को बुधवारको बैठकले मन्त्री छनोटबारे टुंगोमा पुग्न नसकेपछि आज पुनः बस्ने भएको छ। मन्त्रीमा कसलाई पठाउने विषयमा छलफल भएपनि कुनै व्यक्तिको विषयमा छलफल नभएको प्रचार–विभाग प्रमुख डम्बर खतिवडाले बताए। “मन्त्री पठाउने विषयमा सैद्धान्तिक छलफल भएको हो। तर व्यक्तिका विषयमा कुनै छलफल भएन,’उनले भने। सरकारमा संलग्नताबारे सैद्धान्तिक छलफल मात्रै भएको उनको भनाई थियो। बैठक ११बजे पुनः बस्नेछ।

प्रतिक्रिया