Pura Samachar

सरकारलाई पूर्णता दिने प्रधानमन्त्री देउवा र प्रचण्डबीच सहमति

प्रकाशित: July 29, 2021

सरकारलाई पूर्णता दिने प्रधानमन्त्री देउवा र प्रचण्डबीच सहमति

साउन १४, २०७८

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आजै सरकारलाई पूर्णता दिने सहमति भएको बालुवाटार स्रोतले जनाएको छ।देउवाले गत असार २९ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।बुधबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले माओवादी र जसपालाई चाँडो सरकारमा सहभागी हुने नेताहरुको नाम दिन आग्रह गरेका थिए।

प्रतिक्रिया