
काठमाडौं । काठमाडौं उपत्यकामा विहीवारदेखि भेरोसेलको पहिलो मात्राको खोप अभियान शुरु भएको छ ।
उपत्यकाका तीनै जिल्लामा भेरोसेलको पहिलो मात्राको खोप अभियान विहीवारदेखि शुरु हुने भएको हो ।
यसपटक ५० वर्षमाथिकाले खोप लगाउन पाउनेछन् । काठमाडौं महानगरपालिकाका सबै वडा (३२ वडा) मा एक एकवटा खोप केन्द्र व्यवस्था गरिएको छ ।
यस्तै अत्यावश्यक सेवा र कर्मचारीहरुका लागि पाँचवटा अस्पताललाई खोप केन्द्र तोकिएको छ ।
उनीहरुले राधास्वामी आइसोलेसन सेन्टर सामाखुशी,, वीर अस्पताल काठमाडौं, निजामती अस्पताल नयाँ बानेश्वर, टिचिङ अस्पताल महाराजगञ्ज तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र टेकुमा अत्यावश्यक सेवाकाले खोप लगाउन सक्नेछन् ।
नेपालमा कोरोनाको दोस्रो लहर भयावह बनेसँगै खोपप्रतिको जन विश्वास र आकर्षण बढेको छ । त्यसैले खोपकेन्द्रहरुमा खोप लगाउनेको भीड बढेको देख्न सकिन्छ । भेरोसेलको पहिलो मात्रा खोप साउन १८ सम्म लगाउन सकिनेछ । सरकारले चीनबाट खरिद गरेको ३२ लाख डोज नेपाल ल्याइएको छ ।
प्रतिक्रिया