Pura Samachar

नेपालमा चार लाख ४२ हजारभन्दा बढीले कोरोनाविरुद्धको पूर्ण खोप

प्रकाशित: July 30, 2021

नेपालमा चार लाख ४२ हजारभन्दा बढीले कोरोनाविरुद्धको पूर्ण खोप

साउन १५, २०७८

काठमाडौं। नेपालमा चार लाख ४२ हजार ७० जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा दुईलाख ३२ हजार ७८७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। त्यस्तै पूर्ण खोप लगाउने दोस्रो नम्बरमा प्रदेशमा प्रदेश नं २ छ। प्रदेश नं २ मा ७९ हजार ५६६ जनाले पूर्ण खोप लगाइसकेका छन् भने तेस्रो नम्बरमा लुम्बिनी छ।

प्रतिक्रिया