Pura Samachar

सर्वसाधारणले लकडाउन नटेरेपछि सेना परिचालन

प्रकाशित: July 31, 2021

सर्वसाधारणले लकडाउन नटेरेपछि सेना परिचालन

साउन १६, २०७८

अस्ट्रेलियाका सिड्नीलगायतका शहरहरूमा जारी लकडाउनमा सर्वसाधारणले वेवास्ता गरेको भन्दै सिड्नी क्षेत्रमा सरकारले सडकमा सेना परिचालन गरेको छ।

हालै परिचालन गरिएको अस्ट्रेलियन डिफेन्स फोर्सका सैनिकहरू संक्रमण भएका क्षेत्रमा लकडाउन सम्बन्धी नियम पालना भए वा नभएको हेर्न प्रहरीसँगै खटिन थालेका छन् ।

डेल्टा भेरियन्टका कारण अस्ट्रेलियमा ३ हजार मानिस संक्रमित भएपछि लकडाउन लागू गरिएको हो। विगत पाँच साता यता जारी गरिएको लकडाउनका बीच सिड्नीमा संक्रमण दर झन् तीव्र बन्दै गएको छ।

यसैबीच सेना परिचालनप्रति सिड्नीका सर्वसाधारणले विरोध जनाएका छन् ।

अष्ट्रेलियामा आगामी अगस्ट २८ तारिखसम्म कायम रहने गरी लागू गरिएको लकडाउनमा आवश्यक व्यायाम, किनमेल वा हेरचाहका लागि वा अन्य कारण बाहेक घरबाट निस्कन प्रतिबन्ध लगाएको छ।

यस्तै १० किलोमिटर भन्दा लामो यात्रा गर्न नपाइने नियम लगाइएको छ। यस्ता खरिददारी कार्य केवल अत्यावश्यक वस्तुका लागि मात्र हुनुपर्ने छ।

फेयरफिल्ड काउन्सिल क्षेत्रमा बसोबास गर्ने र वृद्ध स्याहार एवं स्वास्थ्य सेवामा कार्यरत मानिस र क्यान्टबरी-ब्याङ्क्सटाउन इलाकामा बसोबास गर्ने अत्यावश्यक कर्मचारीहरूले मात्र अब हरेक तीन-तीन दिनमा कोरोनाभाइरसको परीक्षण गराउनुपर्ने भएको छ।

ncell in
अहिलेलाई लकडाउनमा रहेका प्रमुख आठ काउन्सिल क्षेत्र बाहेकका मानिसहरू हाल बसोबास नगर्ने घर तथा भवन निर्माण कार्य पनि पुनः सञ्चालन गर्न पाइने पनि सरकारी भनाइ छ।

प्रतिक्रिया