
शनिबार, साउन १६, २०७८
काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको आधा महिना वितिसक्दा समेत मन्त्रिपरिषदले पूर्णत पाउन सकेको छैन ।
सरकारमा जाने मन्त्रीहरुको नाम गठबन्धनका दलहरुले दिन नसक्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच शनिवार पनि भेटवार्ता भएको छ।
बिहान देउवासँगको भेटवार्ताका लागि माओवादी अध्यक्ष दाहाल बालुवाटार पूगनुभएको थियो । भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको बताइएको छ ।
मन्त्रालय बाँडफाँडका विषयमा सत्ता गठबन्धनका अन्य दलहरुसँग कुराकानी गर्ने सहमति नेताहरुबीच भएको छ।
मन्त्रिमण्डलमा देउवासहित कांग्रेसका चार र माओवादी केन्द्रका दुई मन्त्री रहेका छन्।
जनता समाजवादी पार्टीको विवाद टुंगिएकोले चाँडै सरकार विस्तार गर्नुपर्ने दवाव गठबन्धनमा देउवालाई छ।
पार्टी भित्रबाट पनि मन्त्रीको आकांक्षी धेरै भएपछि देउवालाई थप सकस छ ।
प्रतिक्रिया