Pura Samachar

मेलम्ची खोला फेरि बढ्यो

प्रकाशित: August 1, 2021

मेलम्ची खोला फेरि बढ्यो

२०७८ श्रावण १७ गते

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु तथा मेलम्ची क्षेत्रमा मेलम्ची खोला फेरि बढेको छ ।

अहिले बेलुकाबाट एक्कासी खोला बढेपछि स्थानीयलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

“बाढीले अहिले खोला बढेको छ, हामीले स्थानीयलाई माथि सर्न आग्रह गरिसकेका छौँ । दिनभर पानी परेको थिएन तर अहिले एक्कासी खोला बढेर आयो,” उनले भने ।

उनले तटीय क्षेत्रका बासिन्दालाई खबर गरिसकेको जानकारी गराए ।

प्रतिक्रिया