Pura Samachar

अमेरिकालाई हराउँदै क्यानडा महिला फुटबलको फाइनलमा

प्रकाशित: August 2, 2021

अमेरिकालाई हराउँदै क्यानडा महिला फुटबलको फाइनलमा

साउन १८, २०७८

एजेन्सी। जेसी फ्लेमिङको गोलमा क्यानडाले आज विश्व विजेता अमेरिकालाई १–० ले हराउँदै महिला फुटबलको फाइनलमा स्थान बनाएको छ। क्यानडाको जितमा फ्लेमिङले ७४औं मिनेटमा पेनाल्टीमा गरेको गोल निर्णायक बन्यो। क्यानडाले अब अस्ट्रेलिया र स्विडेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। क्यानडाले २००१ पछि अमेरिकालाई हराएको यो पहिलो पटक हो। अमेरिका रियो ओलम्पिकमा पनि क्वार्टर फाइनलमा स्विडेनसँग हारेको थियो।

प्रतिक्रिया