
साउन १९, २०७८
बुटवल। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन्। बैठक भोलि दिउँसो ११ बजे बस्नेछ। स्थायी कमिटीका सदस्यहरूसँग लगातार छलफल गरिरहेका नेता नेपालले केन्द्रीय कमिटीबाट पार्टी एकता वा विभाजनको टुंगो लगाउन खोजेको हुन्। बैठकमा नेता नेपालले पार्टीको आगामी रणनीतिको खाका प्रस्तुत गर्ने र त्यसपछि एकता र विभाजनको टुंगो लाग्ने एक नेताले बताए।
प्रतिक्रिया