Pura Samachar

सहज भएपछि आउँदा हुन्छ सँधै स्वागत छ तर कुरेर बसिन्न : ईश्वर पोखरेल

प्रकाशित: August 4, 2021

सहज भएपछि आउँदा हुन्छ सँधै स्वागत छ तर कुरेर बसिन्न : ईश्वर पोखरेल

साउन २०, २०७८

काठमाडाैं।नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पार्टीले कुरेर नबस्ने संकेत गरेका छन्। पार्टी गतिहीन भएर धेरैबेर बस्न नसक्ने भन्दै उनले नेपालपक्ष बिना नै पार्टी आफ्नै गतिमा अगाडि बढ्ने र बढिरहने बताएका हुन्। नेपाल पक्षतिर संकेत गर्दै पोखरेलले ट्वीटरमा लेखेका छन–‘जहिले सहज हुन्छ, आउँदा हुन्छ, सधैँ स्वागत छ, तर जुनसकै कारणले पार्टीलाई गतिहीन बनाइरहने प्रयत्नलाई स्वीकार्न सकिन्न।’

प्रतिक्रिया