
२०७८ श्रावण २२ गते
चितवन । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले क्रियाशील सदस्यता टुंगो नलाग्दा महाधिवेशन निश्चित नभएको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसंँग कुरा गर्दै महामन्त्री कोइरालाले क्रियाशील सदस्यता टुंगो लागेपछि मंसिरसम्म महाधिवेशन हुने बताए ।
“क्रियाशील सदस्यता एक वर्ष अघि नसल्टाउनु हाम्रो कमजोरी हो, यो विवाद वडातहबाट नै हुंँदा समस्या भएको छ,” उनले भने ।
अधिवेशन नजिकै आउंँदा क्रियाशीलको सदस्यता विवाद आउने गरेको भन्दै जिल्ला सभापति, क्षेत्रीय सभापति, वडा सभापतिबीच र अन्य पार्टीबाट आएका समायोजनलगायत धेरै कुरा नमिल्दा महाधिवेशन निश्चित नभएको उनको भनाइ छ ।
“म पनि सभापतिको उमेदवार हो, अरु पनि धेरै छन् । महाधिवेशन छिटोभन्दा छिटो होस् भन्ने हो,” उनले भने ।
प्रतिक्रिया