Pura Samachar

सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै

प्रकाशित: August 8, 2021

सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै

काठमाडौं।वर्तमान संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै छ।सत्तारुढ कार्यदलले सरकार सञ्चालनका लागि तयार पारेको कार्यविधि प्रतिवेदन गठबन्धनका शीर्ष नेताको सहभागितामा आइतबार अपरान्ह सिंहदरबारमा सार्वजनिक गरिने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन्। शनिबार बसेको सत्तारुढ गठबन्धनको बैठकले आइतबार प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो। शुक्रबार कार्यदलले उक्त कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया