Pura Samachar

थप तीन लाख खोप नेपाल आउँदै

प्रकाशित: August 8, 2021

थप तीन लाख खोप नेपाल आउँदै

काठमाडौं। जापान सरकारले अनुदानमा दिएको तीन लाख डोज एस्ट्रेजेनेका खोप आज काठमाडौं आइपुग्ने भएको छ। हिजो शनिबार पाँच लाख डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइसकेको छ। जापानले पहिलो चरणमा ८ लाख खोप नेपाल पठाउने क्रममा आज थप तीन लाख डोज नेपाल आउन लागेको हो। बाँकी ८ लाख एस्ट्रेजेनेका खोप अर्को साता काठमाडौं आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया