Pura Samachar

एमालेको बैठक बस्दै

प्रकाशित: August 9, 2021

एमालेको बैठक बस्दै

काठमाडौं। नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज बस्दैछ। दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बस्न लागेको हो। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङकाअनुसार केन्द्रीय कमिटी बैठक बस्नुअघि बिहान ११ बजे स्थायी कमिटी बैठक बस्दैछ। बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रस्ताव र संगठनविभाग प्रमखु विष्णु पौडेलको विधान संशोधन प्रस्तावलाई एकरुपता दिनेछ।

प्रतिक्रिया