Pura Samachar

आजबाट काठमाडौंमा कोभिसिल्ड खोपको दोस्रो डोज दिइने

प्रकाशित: August 9, 2021

आजबाट काठमाडौंमा कोभिसिल्ड खोपको दोस्रो डोज दिइने

काठमाडौं। सरकारले आजबाट दुई दिनसम्म काठमाडौंका सबै स्थानीय तहमा कोभिसिल्ड खोपको दोस्रो डोज लगाउने भएको छ। कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको लागि लामो समयदेखि कुरिरहेका ६० वर्षभन्दा माथिका करिब १४ लाखलाई यो खोप दिइनेछ। काठमाडौं जिल्लाको एक महानगरपालिका र १० नगरपालिकामा हाल भेरोसेल खोप सञ्चालन भइरहेका खोप केन्द्रबाट नै कोभिसिल्डको दोस्रो डोज लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया