Pura Samachar

(जसपा) को नयाँ कार्यकारिणी समितिको विवरणलाई अद्यावधिक गरिएसँगै ठाकुरको अध्यक्ष पद पनि गुमे

प्रकाशित: August 9, 2021

(जसपा) को नयाँ कार्यकारिणी समितिको विवरणलाई अद्यावधिक गरिएसँगै  ठाकुरको अध्यक्ष पद पनि गुमे

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को नयाँ कार्यकारिणी समितिको विवरणलाई अद्यावधिक गरेको छ। नयाँ समिति अद्यावधिक गरिएसँगै महन्थ ठाकुरको अध्यक्ष पद पनि गुमेको छ।

जसपाको आधिकारिकता पाएको यादव पक्षले कार्यकारिणी समिति बैठकको निर्णय विवरण आयोगमा पठाएको थियो।
आयोगले जसपामा ३५ सदस्यीय नयाँ कार्यकारिणी समितिलाई अद्यावधिक गरेपछि अब ठाकुर समूह कानुनी रुपमा जसपाबाट बाहिरिएको छ ।

जसपाको आधिकारिकतालाई लिएर सर्वोच्च समेत पुगेको ठाकुर पक्ष सर्वोच्चले पनि आयोगकै निर्णयलाई अघि बढाएपछि पार्टीविहीन भएको छ ।

प्रतिक्रिया