Pura Samachar

एमसीसी सम्झौताबारे खुलेरै बोले ओली

प्रकाशित: August 9, 2021

एमसीसी सम्झौताबारे खुलेरै बोले ओली

काठमाडौँ २५ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयमा गठवन्धन सरकार मौन बसेको प्रति प्रश्न गरेका छन् ।

आज पार्टीको स्थायी कमिटिको बैठकमा पुर्व प्रधानमन्त्री समेत रहेको ओलीले आफु यसका स्पष्ट भएको भन्दै संसोधन गरेर पास गर्नुपर्ने सुझाव समेत दिएका छन् ।

‘तपाईंहरुकै पालामा सम्झौता गरेको होइन रु १६५ को कृत्रिम मतले विश्वासको मत लिएकै छ, पास गर्नु नि !’,हामी त स्पष्ट छौं । हाम्रो पार्टीले बनाएको कार्यदलले दिएको सुझाव, बुद्धिजीवी र विज्ञहरुले दिएको सुझावका आधारमा जनताको भावनाअनुसार संशोधनसहित पास हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

संसदमा विचाराधिन रहेको एसीसीमा सम्झौतामा नेकपा एमालेको सरकार हुँदा यथास्थितिमै अनुमोदन गर्ने कि परिमार्जनसहित अनुमोदन गर्ने भन्ने विषयले विवाद भएको थियो ।

प्रतिक्रिया