Pura Samachar

उपत्यकामा जारी निषेधाज्ञा बिहीबारदेखि बेलुकी ८ बजेपछि सवारीसाधन सञ्चालनमा रोक

प्रकाशित: August 10, 2021

उपत्यकामा जारी निषेधाज्ञा बिहीबारदेखि बेलुकी ८ बजेपछि सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा थप कडाइ हुने भएको छ ।

बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताउनुभयो । तर अत्यावश्यक सवारीसाधनका लागि भने चल्न दिने उहाँले जानकारी लिदनुभयो ।

थपिएको निषेधाज्ञा ८ भदौसम्म जारी रहने उहाँले बताउनुभयो ।

प्रतिक्रिया