Pura Samachar

अन्तर्राष्ट्रिय युवा दिवस विविध कार्यक्रम गरी मनाइदै

प्रकाशित: August 12, 2021

अन्तर्राष्ट्रिय युवा दिवस विविध कार्यक्रम गरी मनाइदै

काठमाडौं।राष्ट्रिय युवा परिषद्को आयोजनामा आज देशभर‘अन्तरराष्ट्रिय युवा दिवस’मनाइँदैछ।‘खाद्य प्रणालीमा रुपान्तरणःमानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ दिवस मनाइँदैछ।युवा दिवसको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिएका छन्।परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले कोरोनाका कारण यसपटक पनि भर्चुअलरुपमा दिवस मनाउन लागिएको बताए।उनले नेतृत्व विकासमा कसरी युवालाई पुर्‍याउन सकिन्छ भनेर दिवस मनाउन थालिएको जानकारी दिए।

प्रतिक्रिया