Pura Samachar

वीपी कोइराला प्रतिष्ठानमा अख्तियारको छापा

प्रकाशित: August 12, 2021

वीपी कोइराला प्रतिष्ठानमा अख्तियारको छापा

सुनसरी । सुनसरीको धरानस्थित वपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारले छापा मारेको छ । अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले बिहीबार छापा मारेको हो ।

छापा मार्नका लागि अख्तियार केन्द्रका पाँचजना र इटहरीस्थित क्षेत्रीय कार्यालयबाट एकजना गरी ६ जनाको टोली खटिएको थियो । प्रतिष्ठानका महत्त्वपूर्ण कागजात टोलिले नियन्त्रणमा लिएको बताइएको छ ।

औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत आपूर्ति लगायतका शीर्षकमा प्रतिष्ठानका पदाधिकारीले भ्रष्टाचार गरेको भन्दै चिकित्सक र कर्मचारीले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् भने सम्बन्धित निकायको समेत ध्यानाकर्षण गराउँदै आएका छन् ।

यसबारे छानबिन गर्न सरकारद्वारा गठित कार्यदलले पनि प्रतिष्ठानमा भ्रष्टाचार भएको ठहर गरेको थियो ।

प्रतिक्रिया