Pura Samachar

प्रतिनिधिसभा अन्तर्गतका तीनवटा समितिका बैठक बस्दै

प्रकाशित: August 13, 2021

प्रतिनिधिसभा अन्तर्गतका तीनवटा समितिका बैठक बस्दै

काठमाडौं।शुक्रबार प्रतिनिधिसभा अन्तर्गतका तीनवटा समितिका बैठक बस्ने भएका छन्।कोभिड–१९ महामारीको समयमा बेपत्ता महिला र बालबालिकाहरुको सम्बन्धमा छलफल गर्न महिला तथा सामाजिक समितिको बैठक बिहान ११ बजे बस्ने छ।आजै विकास तथा प्रविधि समितिको बैठक ११ बजे बस्नेछ। बैठकमा निर्माणाधीन संसद भवनको कार्यप्रगतिको बारेमा शहरी विकास मन्त्रालयलको प्रस्तुतिकरण हुने जनाइएको छ। त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक साढे ११ बजे बस्ने जनाइएको छ।

प्रतिक्रिया