
एजेन्सी। केएल १२७ रन बनाएपछि भारतले इङ्ल्यान्डविरुद्धको दोस्रो टेष्टमा बलियो सुरुआत गरेको छ। लर्ड्स क्रिकेट मैदानमा इङ्ल्यान्डले टस हारेर भारतलाई ब्याटिङका लागि निम्त्याएको थियो। ओपनर राहुलले पहिलो विकेटका लागि रोहित शर्मासँग १२६ रनको साझेदारी गरे। पहिलो दिन सकिँदा भारत २७६/३ को स्थितिमा छ। भारतका कप्तान विराट कोहली ४२ र चेतेश्वर पुजराले ९ रन बनाए। इङ्ल्यान्डका जेम्स एन्डरसनले २ विकेट लिए।
एजेन्सी। वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टको पहिलो दिन नै पाकिस्तानले पहिलो इनिङको सबै विकेट गुमाएको छ। टस हारेर ब्याटिङ थालेको पाकिस्तानका फवाद आलमले ५६ र फहीम अस्रफले ४४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गरेनन्। वेष्ट इन्डिजका जेडेन सिल्स र जसोन होल्डरले समान तीन अंक लिए। केमर रोचको नाममा दुई विकेट रह्यो। पहिलो दिन सकिँदा वेष्ट इन्डिज २/२ को स्थितिमा छ।
प्रतिक्रिया