Pura Samachar

माओवादीका सांसद मातृकाको शब्द असंसदीयहटाउन सभामुखको रुलिङ

प्रकाशित: August 13, 2021

माओवादीका सांसद मातृकाको शब्द असंसदीयहटाउन सभामुखको रुलिङ

काठमाडौं। सभामुख अग्नीप्रसाद सापकोटाले माओवादी केन्द्रका सांसद मातृकाप्रसाद यादवले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यक्त गरेको असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका छन्। बैठक सुरु हुनेबित्तिकै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई एक सांसदले अर्को सांसदमाथि प्रयोग गरेको शब्द अमर्यादित र असंसदीय भएपनि संसदको रेकर्डबाट नहटाएको भन्दै आपत्ति जनाएका थिए। उनले सत्ता पक्ष नै प्रतिपक्ष जस्तो भएको आरोप पनि लगाएका थिए।

प्रतिक्रिया