Pura Samachar

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

प्रकाशित: August 13, 2021

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ ।

शनिबार सुरु हुने केन्द्रीय समिति बैठक अघि आज शुक्रबार ३ बजे स्थायी कमिटी बैठक बस्न लागेको हो ।

पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा तयार गर्ने नेताहरुले बताएका छन् ।

केन्द्रीय कमिटी बैठकको तयारीका लागि बैठक बस्न लागेको नेता देव गुरुङले जानकारी दिए । यसअघि साउन २० गते बोलाइएको केन्द्रीय समिति बैठक सारेर शनिबारका लागि पुर्याइएको थियो ।

प्रतिक्रिया