Pura Samachar

उपत्यकामा ७९५ संक्रमित थपिए

प्रकाशित: August 14, 2021

उपत्यकामा ७९५ संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ५७३ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर दुई हजार ६२४ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै ७९५ संक्रमित थपिएका हुन् ।पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा मात्रै ५३५ जना छन् । यस्तै, ललितपुरमा १६४ र भक्तपुरमा ९६ संक्रमित थपिएका हुन् पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर २० जनाको मृत्यु पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा देशभर एक हजार ३२० जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

प्रतिक्रिया