Pura Samachar

पवनदीपले जिते इन्डियन आइडलको उपाधि

प्रकाशित: August 16, 2021

पवनदीपले जिते इन्डियन आइडलको उपाधि

भारतीय गायन रियालिटी शो इन्डियन आइडलको १२ औं सिजनको उपाधि उत्तराखण्डका पवनदीप राजनले जितेका छन्।

राजनले सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई भोटमा पछि पार्दै इन्डियन आइडलको उपाधि जितेका हुन् । उनलाई २५ लाखको ट्रफी र पुरस्कार राशि प्रदानगरिएको छ।

अरुणिता कांजीलाल र सायली काम्बले इन्डियन आइडलको १२ औं सिजनको उपविजेता बनेका छन् । उनीहरु आइतबार राति भएको ग्रान्ड फिनालेमा विजेता घोषित भएका थिए।

१२ घण्टासम्म चलेको ग्रान्ड फिनालेमा राती अबेर विजेता घोषणा गरिएको थियो। २४ वर्षे पवनदीप गायनका साथै वाद्यवादनमा समेत पोख्त छन् ।

प्रतिक्रिया