Pura Samachar

प्रधानमन्त्री देउवा र डा. केसीबीच वार्ता

प्रकाशित: August 17, 2021

प्रधानमन्त्री देउवा र डा. केसीबीच वार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र डा. गोविन्द केसीबीच वार्ता सुरू भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह पाँच बजेबाट वार्ता सुरु भएको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ।

स्वास्थ्य क्षेत्रका बेथिति र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको राजीनामा लगायतका माग राखेर अनशन बस्ने घोषणा गरेका डा. केसीलाई प्रधानमन्त्री देउवाले वार्ता गर्न बालुवाटार बोलाएका हुन्

डाक्टर केसी ३ गतेदेखि अनसन बस्ने तयारीमा थिए।

प्रधानमन्त्रीले बोलाएपछि डा. केसी आफ्ना सहयोगीसहित वालुवाटार गएका छन्।

प्रतिक्रिया