Pura Samachar

पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यबाट पदभार ग्रहण

प्रकाशित: August 19, 2021

पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यबाट पदभार ग्रहण

मकवानपुर ।  बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्रीअष्टलक्ष्मी शाक्यले शपथ लिनुभएको छ ।

मुख्यमन्त्री शाक्यले बुधबार अबेर प्रदेश प्रमुख विष्णु प्रसाईंबाट शपथ लिनुभएको हो । मुख्यमन्त्री शाक्यले बुधवार नै पदभार ग्रहण गर्नुभएको छ । एमाले उपाध्यक्ष शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बन्नुभएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले एमाले संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बन्नुभएको हो ।

बहुमत प्राप्त दलको नेता शाक्यलाई प्रदेश प्रमुख प्रसाईंले बुधवार नै मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

यसैबीच मुख्यमन्त्री शाक्यले बुधवार नै दुईमन्त्री पनि नियुक्त गर्नुभएको छ । उहाँले कृष्ण खनाललाई सामाजिक विकासमन्त्री र केशवराज पाण्डेलाई भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी, उद्योग पर्यटन, वन तथा वातावरण, आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना मन्त्रालय भने हालका लागि मुख्यमन्त्री शाक्यले आफैं राख्नुभएको छ ।

प्रतिक्रिया