Pura Samachar

शुक्रवारदेखि कक्षा ११ र १२ का विद्यार्थीले भेरोसेल खोप लगाउने पाउने

प्रकाशित: August 19, 2021

शुक्रवारदेखि कक्षा ११ र १२ का विद्यार्थीले भेरोसेल खोप लगाउने पाउने

काठमाडौं । कक्षा ११ र १२ का विद्यार्थीले भेरोसेल खोपको पहिलो डोज पाउने भएका छन्।

शुक्रबारदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई भेरोसेल खोपको पहिलो डोज लगाउन पाउने भएका हुन् ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने बताउनुभयो ।  शुक्रबारदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइने उहाँले जानकारी दिनुभयो ।

काठमाडौंका वीर अस्पताल,शिक्षण अस्पताल,निजामति कर्मचारी अस्पताल, प्रहरी अस्पतालसहित १० अस्पतालहरुलाई खोप केन्द्रका रुपमा तोकिएका छन् ।

प्रतिक्रिया