
काठमाडौं । अफगानिस्तानबाट आज थप एक सय ६० नेपाली स्वदेश फर्किदैछन् ।
शुक्रबार साँझ ५ बजेपछि जजिरा एयरको विमानमार्फत चार्टर उडानबाट नेपालीहरु स्वदेश आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म २ सय ९६ नेपाली स्वदेश आइपुगेका छन् । यसैगरी अफगानिस्तानमा रहेका नेपालीमध्ये ३ सय जनाले आफूहरु स्वदेश फर्कन चाहेको भन्दै कन्सुलर सेवा विभागको वेब पोर्टलमा आफ्नो विवरण टिपाएका छन्।
त्यस्तै परराष्ट्र मन्त्रालयको शिष्टाचार महाशाखाअन्तर्गत नायब शिष्टाचार महापालको नेतृत्वमा रहेको ‘सिच्युसन रुम’ मा हिजो साँझ ५ बजेसम्म ४२ नेपालीले आफ्नो विवरण दर्ता गराएका छन्।
प्रतिक्रिया