Pura Samachar

काेराेना कारण वरिष्ठ कलाकार थापाको निधन

प्रकाशित: August 21, 2021

काेराेना कारण वरिष्ठ कलाकार थापाको निधन

काठमाडाैं । वरिष्ठ कलाकार शम्भुराज थापाको निधन भएको छ । तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना हुनुभएका ५५ वर्षीय थापाको आज (शनिवार) बिहान निधन भएको हाे ।

कलाकार सन्देश लामिछानेका अनुसार थापाकाे काेराेना संक्रमणका कारण निधन भएकाे हाे ।

तीन दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय थापाले थुप्रै टेलिसिरियल र चलचित्रमा अभिनय गर्नुभएको थियो । उहाँले पछिल्लो समय मेरी बास्सै, भद्रगोल, गोलमाल, हल्का रमाईलोलगायतका टेलिसिरियलमा अभियन गर्दै आउनुभएको थियो। उहाँ हल्का रमाइलो टेलिसिरियलमा ‘बखते’ नामबाट दर्शकमाझ चर्चित हुनुभएको थियो ।

यस्तै, उहाँले महानायक राजेश हमाल, गौरी मल्ललगायतको अभिनय रहेको ‘आफ्नो विरानो’ चलचित्रसमेत निर्माण गर्नुभएको थियो । दिवंगत थापाका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

प्रतिक्रिया