Pura Samachar

काठमाडौ उपत्यकामा निषेधाज्ञा थप गर्नेबारे मंगलवार निर्णय हुने

प्रकाशित: August 22, 2021

काठमाडौ उपत्यकामा निषेधाज्ञा थप गर्नेबारे मंगलवार निर्णय हुने

काठमाडौ । काठमाडौ उपत्यकामा निषेधाज्ञा थप गर्नेबारे मंगलवार निर्णय हुने भएको छ ।

मंगलबार बिहान तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर थप निर्णय गर्ने योजना रहेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

पछिल्लोपटक साउन २८ गते काठमाडौँ उपत्यकामा थप गरिएको निषेधाज्ञा भदौ ८ गते मंगलवार सकिदैछ ।

पछिल्लो निषेधाज्ञामा राति ८ बजेदेखि बिहानसम्म निजी तथा सार्वजनिक सवारी साधन चलाउने नपाइने निर्णय गरिएको थियो। सबै प्रकारका सभा , सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्स बार, दोहोरी, नाचघर, क्लब, स्विमिङ पुल, मनोरन्जन स्थल,संग्रहालय, रंगशालाका गतिविधिमा रोक, धार्मिक तथा सांस्कृतिक गतिविधिमा रोकलगायत पुराना प्रावधान कायमै राखिएको थियो।

पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमणदर बढ्दै गएकोले जारी निषेधाज्ञा थप हनसक्ने बताइएको छ । अझ केही कडाइ समेत हुनसक्ने अनुमान गरिएको छ । तर अबको मोडालिटीका बारेमा कुनै निर्णय नभएको पराजुलीले बताउनुभयो ।

बताए। ‘ देशभरको समग्र हेर्ने हो भने अहिले पनि संक्रमण दर २० प्रतिशत आसपासमा छ तर काठमाडौं उपत्यकाको हकमा संक्रमण दर पहिलाको भन्दा बढ्दै गएको छ। अबको बै‌ठकले यस विषयमा छलफल गर्ला’, पराजुलीले भने।

काठमाडौँ उपत्यकामा बैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा लगाउदै आएको छ।

प्रतिक्रिया