
काठमाडौं । केही दिनदेखि विश्वभर कोरोना संक्रमणको दर बढिरहेको छ । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार संक्रमण दर र मृत्यु दरसमेत बढेको देखाएको हो ।
त्यस्तै, निको हुनेको संख्या भने बढिरहेको पाइएको छ । नेपालमा पनि केही दिन यतादेखि कोरोना संक्रमितको संख्यामा बढिरहेको छ ।
विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ८ हजार १६५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ८ हजार १६५ को मृत्यु भएको हो ।
त्यस्तै, विगत २४ घण्टामा विश्वभर ४ लाख ४५ हजार ८६५ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म २१ करोड २५ लाख ४९ हजार ४११ जनामा कोरोना संक्रमण भएको छ। त्यस्तै, १९ करोड १ लाख ३८ हजार ५६६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
प्रतिक्रिया