Pura Samachar

उपाध्यक्ष रावल,सहित उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट लगायतका केहि नेताहरु बालकोट

प्रकाशित: August 23, 2021

उपाध्यक्ष रावल,सहित उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट लगायतका केहि नेताहरु बालकोट

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष भीम रावल सहितका केही नेताहरु अध्यक्ष केपी शर्मा ओली निवास बालुकोट पुगेका छन् ।

पार्टी एकताको लागि १० बुँदे सहमति कार्यान्वयनका लागि अध्यक्ष ओलीलाई अल्टिमेटम दिएका रावल,सहित उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट लगायतका केहि नेताहरु बालकोट पुगेका हुन् ।
अध्यक्ष ओलीले पहिलो पटक संसद विघटन गरेपछि माधव नेपाललाई साथ दिँदै हिडेका यी नेताहरु पार्टी एकताको लागि प्रयासरत छन् ।

यता नेपालले नयाँ दल दर्ता गर्न निवार्चन आयोग गएपछि पनि नेपालको साथ छोडी एकताको अभियानमा लागेका यी नेताहरु आज ओली निवास पुगेका हुन् ।

प्रतिक्रिया