Pura Samachar

जापानबाट १६ लाख १४ हजार डोज खोप नेपाल आइपुग्यो

प्रकाशित: August 23, 2021

जापानबाट १६ लाख १४ हजार डोज खोप नेपाल आइपुग्यो

काठमाडौं । जापान सरकारले अनुदानमा उपलब्ध गराएको १६ लाख १४ हजार ७४० डोज खोप नेपाल आइपुगेको छ। सोमबार पाँच लाख ५९ हजार डोज खोप ल्याइएको हो ।

खोप बिहान साढे ९ बजे कतार एयरवेजको विमानमार्फत खोप ल्याइएको हो । जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत अस्ट्राजेनेका खोप सहयोग गरेको हो।  अहिलेसम्म नेपालमा १ करोड १६ लाख मात्रा खोप प्राप्त भइसकेको स्वाथ्य तथा जनसंख्या मन्त्रालयको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुंगानाले जानकारी दिनु भयो ।

शनिबार सवा २ लाख डोज खोप ल्याइएको थियो । गत साउन २३ र २४ गते ८ लाख डोज खोप काठमाडौं आइपुगेको थियो ।

सरकारले असोजसम्म खोप लगाउन लक्षित ३३ प्रतिशतलाई पूर्ण खोप र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ। अहिलेसम्म नेपालमा ४७ लाख ८५ हजार ९०२ जनाले पहिलो मात्रा र ३६ लाख ४९ हजार ७६० जनाले पूर्णं मात्रा खोप लगाइसकेका छन् ।

प्रतिक्रिया