Pura Samachar

ओली र भाजपा नेताबीच भेटवार्ता

प्रकाशित: August 23, 2021

ओली र भाजपा नेताबीच भेटवार्ता

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच आज भेटवार्ता भएको छ।

अध्यक्ष ओली निवास बालकोटमा भएको भेटमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धबारे छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।

चौथाइवालेले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए।

प्रतिक्रिया