
काठमाडौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको सेवालाई लिएर आएको जनगुनासो तत्काल सम्बोधन गर्न निर्देशन दिनुभएको छ ।
बिना जानकारी झ्याप्प झ्याप्प बत्ती जाने गरेको, नयाँ वत्ति जडानका लागि मिटर पाउन छोडेको, नो लाइटमा फोन गर्दा फोन नउठाउने जस्ता गुनासो आउन थालेको भन्दै घिसिङ ‘एक्सन’ मा उत्रिनुभएको हो ।
सोमबार ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक, ७ वटै प्रादेशिक कार्यालयहरु, प्रदेश डिभिजन कार्यालयहरु र शाखाका प्रमुखहरुसँग भर्जुअल बैठक राखी घिसिङले गुणस्तरीय विद्युत आपूर्ति, सेवा प्रवाहमा सुधार, सुशासन लगायतमा कठोर बन्न निर्देशन दिनुभएको हो ।
चुहावट नियन्त्रण अभियान रोकिएको बताउदै उहाँले स्थानीय तह र प्रशासनसँगको समन्वय र सहकार्यमा यसलाई तत्काल सुरु गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया