Pura Samachar

एकीकृत समाजवादीका ७ नेताको सनाखत हुने

प्रकाशित: August 24, 2021

एकीकृत समाजवादीका ७ नेताको सनाखत हुने

काठमाडौं । नेकपा एकीकृत समाजवादीका हस्ताक्षर छुटेका नेताहरुको सनाखत हुने भएको छ । सशरीर निर्वाचन आयोगमा उपस्थित भएमा सनाखत हुने भएको हो ।

दल दर्ताको निवेदनमा हस्ताक्षर छुटाएका एकीकृत समाजवादीका सात नेता सशरीर आयोगमा उपस्थित भए सनाखत हुने निर्वाचन आयोगले जनाएको छ ।

निवेदनमा पेस भएका ५८ जनामध्ये झलनाथ खनाल, प्रदीप नेपाल, खगेन्द्र चुँडाल, रविन कोइराला, धर्मनाथप्रसाद साह, रत्नेश्वर गोइत र रविन्द्र बैठाको हस्ताक्षर छुटेको थियो । बुधबार निर्वाचन आयोगमा सनाखतका लागि उहाँहरु पनि उपस्थित हुने चन्द्रागिरि बैठकमा रहनुभएका एक नेताले जानकारी दिनुभयो । तर नेता खनाल भने उपचारका लागि हाल भारतको नयाँ दिल्लीमा हुनुहुन्छ ।

नेकपा एकीकृत समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा कायम रहेको एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५८ जनाको नाम पेस भएको छ ।

प्रतिक्रिया