Pura Samachar

३ सांसद एमाले छोडेर एकीकृत समाजवादीमा जान आयोगमा निवेदन

प्रकाशित: August 25, 2021

३ सांसद एमाले छोडेर एकीकृत समाजवादीमा जान आयोगमा निवेदन

काठमाडौं । नेकपा एमालेका थप तीन जना सांसद पार्टी छोडेर नेकपा एकीकृत समाजवादीमा जाने भएका छन् । प्रतिनिधिसभाका सदस्य सोमप्रसाद पाण्डे र माया न्यौपाने र राष्ट्रिय सभाका शारदादेवी भट्ट माधवकुमार नेपाल नेतृत्वको पार्टीमा जाने भएका हुन् ।

उनीहरुले मंगलबार निर्वाचन आयोगमा समाजवादीको सूचीमा समावेश गरिदिन निवेदन दिएका छन्। यसअघि समाजवादीले बुझाएको सूचीमा भट्टको नाम समावेश थियो तर उहाँको हस्ताक्षर थिएन ।

आयोगले बुधबार नयाँ दल दर्ताको लागि हस्ताक्षर सहितको सनाखत गराउन बोलाएको छ । यी तीन सांसदले पनि सनाखतका लागि आयोगमा निवेदन दिएका हुन् ।

प्रतिक्रिया