Pura Samachar

सिन्धुपाल्चोकमा यात्रु बस दुर्घटना, १८ जना घाइते

प्रकाशित: August 25, 2021

सिन्धुपाल्चोकमा यात्रु बस दुर्घटना, १८ जना घाइते

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका २ ठोकर्पाबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ८०३० नम्बरको यात्रु बस दुर्घटना भएको छ । दुर्घटनामा परि १८ जना घाइते भएका छन् भने दुई जना हराईरहेका छन् ।

ठोकर्पाबाट काठमाडौँकालागि छुटेको बस बिहान ११ः३० बजे सुनकोशी गाउँपालिका ३ थापागाँउमा सडकबाट बिस मिटर तल बस झरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

दुर्घटनामा परेको बसमा २० जना यात्रु रहेको १५ जना घाइतेको उपचारका लागि धुलिखेल र तीन जनाको सिन्धु सदाबहार अस्पताल खाडीचौरमा  उपचार भइ रहेको छ ।  दुई जनाको गाडीमा च्यापिएको हुनसक्ने बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया