नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा रहेको सरकारले ल्याएको र वर्तमान सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको उद्देश्य एउटै नभएको बताएका छन्।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले संविधान कार्यान्वयन र लोकतन्त्रको रक्षाका लागि आफूले दल विभाज अध्यादेश ल्याएको दाबी गर्दै अहिले नेकपा एमालेको अन्तरविद्रोहलाई विभाजनमा पुर्याउन अध्यादेश ल्याइएको बताए।
आफूहरुले ल्याएको अध्यादेश र परमादेश सरकारले ल्याएको अध्यादेशको उद्देश्य नियत, प्रक्रिया, मनसाय सबै फरक रहेको ओलीको भनाइ छ । पार्टी फुटाउने उद्देश्यसाथ अध्यादेश ल्याउनु अनैतिक कार्य भएको ओलीले बताए।
देश बचाउन अध्यादेश ल्याइएको प्रचण्डको भनाइको उनले खण्डन गरे।
‘यो अध्यादेश नल्याएको भए देश के हुन्थ्यो? देश बरफको डल्लो हो ? पग्लिनलाई? यो एमाले फुटाउन नपाएको भए देश के हुन्थ्यो? यो अनैतिक अध्यादेश नआउँदा देशलाई केही फरक पर्दैनथ्यो,’ उनले भने।
ल्याएको र वर्तमान सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको उद्देश्य एउटै नभएको बताएका छन्।

प्रतिक्रिया