
काठमाडाैं । आज (बुधवार) देखि माैसम थप सक्रिय हुने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाले विज्ञप्तिमार्फत नेपालको पूर्वी तराईको भूभाग नजिक मनसुनको न्यून चापीय रेखा रहेका कारण मनसुन थप सक्रिय बनेकाे बताएकाे हाे ।
नेपालभर एकदुई दिनअगाडि देखि नै मनसुन केही सक्रिय रहेको महाशाखाले जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ ।
विभागका अनुसार आज रातिदेखि उक्त न्यून चापीय रेखा अझ तराई भूभाग नजिक आउने र केही दिनसम्म सोही क्षेत्रमा रहने भएकाले सो प्रणालीका कारण देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा–झरीको सम्भावना रहेको छ ।
प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, २ वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।
प्रतिक्रिया