Pura Samachar

लाेकतान्त्रिक समाजवादीमा रेशम चाैधरीसहित १४ सांसदद्वारा सनाखत

प्रकाशित: August 25, 2021

लाेकतान्त्रिक समाजवादीमा रेशम चाैधरीसहित १४ सांसदद्वारा सनाखत

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को पक्षमा सांसद रेशम चाैधरीसहित १४ सांसदले सनाखत गरेका छन्।

जनता समाजवादी पार्टी (जसपा)मा रहेका १७ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुले ठाकुर नेतृत्वको लोसपकाे पक्षमा सनाखत गरेका छन् । सबैले बुधबार निर्वाचन आयोग पुगेर लोसपाको पक्षमा सनाखत गरेका हुन् ।

यसअघि निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिँदा तटस्थ बसेका रेशम चौधरीले डिल्लीबजार कारागारबाटै मञ्जुरीनामा दिएकाे लाेसपा स्राेतले जानकारी दिएकाे छ ।

प्रतिक्रिया