
काठमाडाैं । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशकै प्रमुख नाका गौरीफन्टा नजिक बडहरा जंगलको बीचमा संघीय सरकारको २८ करोड ८१ लाखको लागतमा होल्डिङ सेन्टर निर्माणको कार्य भइरहेको छ ।
एक हजार शैय्याको होल्डिङ सेन्टर निर्माण भइरहेकाले कोरोना संक्रमणको जोखिम कम हुने अपेक्षा गरिएको छ । असार तेस्रो साता काम शुरु गरेको हनुमान कन्स्ट्रक्सन कम्पनीले जग निर्माणको सबै काम पूरा गरिसकेको छ ।
पहिलो र दोस्रो चरणको कोरोना संक्रमणको बेला भौतिक संरचना र उपकरण अभावमा धेरै जनाले ज्यान गुमाएका थिए । दोस्रो चरणको कोरोनाको जोखिम कायमै रहेका बेला र तेस्रो चरणको कोरोनाको जोखिम बढ्दै गइरहेको बेला तीन तहकै सरकारले भौतिक संरचना निर्माणमा जोड दिएका छन् ।
संघीय सरकारको बजेटबाट निर्माण भइरहेको होल्डिड सेन्टरका साथै सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहसँगको सहकार्यमा कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी सीमा नाकामै व्यवस्थित प्रतिक्षालय कक्षहरू पनि निर्माण गरिरहेको जनाएको छ ।
प्रतिक्रिया