Pura Samachar

प्रदेश १ मा एमालेको संसदीय दलको बैठक बस्दै

प्रकाशित: August 26, 2021

प्रदेश १ मा एमालेको संसदीय दलको बैठक बस्दै

मोरङ । प्रदेश १ मा नेकपा एमालेको संसदीय दलको बैठक बोलाइएको छ ।   संसदीय दलले बिहीबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाएको हो ।

एमाले पार्टी विभाजनपछि प्रदेश १ मा यो संसदीय दलको पहिलो बैठक हो ।

आजको बैठकमा मुख्यमन्त्री तथा  संसदीय दलका नेता शेरधन राईलाई राजीनामा गराउने तयारी रहेको बुझिएको छ । राईको राजीनामापछि एमाले सचिव भीम आचार्यलाई संसदीय दलको नेता चयन गरी मुख्यमन्त्री बनाउने तयारी गरिएको छ ।

आजको बैठकले माधवकुमार नेपाल समूहमा लागेका सांसदलाई कारबाही गर्न सक्ने सम्भावना पनि रहेको बताइएको छ ।

प्रदेश १ आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बैकठमा समसामयिक विषयमा छलफल हुने जानकारी दिनुभएको छ ।

पार्टी विभाजनपछि केन्द्र र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २१ दिनको समय तोकिएको छ ।

प्रतिक्रिया